गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिन प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल भएको हो ।