Connect with us
Kapilvast Forest

चिसो हटेसँगै लेक तिर फर्किँदै भेडी गोठ

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

बाजुरा- चिसोको समयमा बेसी झरेका भेडी गोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा हिमाली स्वामिकार्तिक जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रा पालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका लागि गत कात्तिकमा बेसी झरेका थिए ।

यती बेला बेसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी उत्तर क्षेत्रका बूढी नन्दा हिमाली स्वामिकार्तिक जगनाथ लगायतका भेडी गोठ धमाधम गाउँ फर्किन थालेका हुन् । बूढी नन्दा नगरपालिका –९ पाण्डुसैनका भेडा पालक प्रेमबहादुर थापाले मङ्सिर पुस माघ र फागुन लगायत हिउँदका केही महिना गाउँमा चिसो हुने हुँदा त्यो चिसो छल्न तथा पालन गर्नका लागि गत कात्तिक महिना भेडी गोठ बेसी झरेको र बेसीमा अहिले गर्मी सुरु भएसँगै गाउँ फर्किन थालेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu