Connect with us
Kapilvast Forest

एसईई दिएकालाई निःशुल्क सिम बाड्दै टेलिकम

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

देशभरका कार्यालयबाट टेलिकमले उक्त सिम उपलब्ध गराउने जनाएको छ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मुख्य ब्यालेन्सका रूपमा १० रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै उक्त सिममा एक महिनासम्म टेलिकमकै नेटवर्कमा ४० मिनेट कल, ६० एमबी डेटा र ३० वटा टेलिकमको नेटवर्कमा एसएमएस पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu