आगालागि प्रभावितलाई सांसद आर्चायको सहयोग
कपिलवस्तु-
गत चैत २८ गते यशोधरा गाउंपालिका वडा नं ८ मधुनगरमा लागेको आगोलागि प्रभावितहरुको घरमा पुगेर कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य सुरेन्द्र राज आर्चायले केही आर्थिक सहयोग गर्नुको साथै घर निर्माणको लागि समन्यव गरेका छन् । घर निर्माणको लागि काठको लागि डिभिजन वन कार्यालय र अन्य सहयोगको लागि जिल्ला प्रशासन कार्यालयमा समन्यव गरेका छन् । सो अवसरमा नेपाली कागे्रसका जिल्ला सभापति अब्दुल कलमको समेत सहभागिता रहेको थियो । आगोलागिमा स्थानीय कमला पासी,सोनमती पासी,लक्ष्मी पासी र बेचना पासीको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । साथै पशु चौपया पनि मरेक थिए ।