Connect with us
Kapilvast Forest

नेपालको कर प्रणालीमा गुगल दर्ता

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ- विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी लिमिटेड लायबिलिटी कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। कम्पनीलाई करमा दर्ता हुन आह्वान गर्ने कार्यक्रमलाई बढाउने र आवश्यकताअनुसार कम्पनीसँग सम्पर्क राखेर पनि दर्ता हुन आउन आग्रह गर्नेजस्ता कार्यक्रम आगामी वर्षमा अगाडि बढाइने राजस्व सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।

आन्तरिक राजस्व विभागले पनि कर प्रणालीमा दर्ता हुन सहयोग होस् भन्ने उद्देश्यसाथ अनलाइनबाटै दर्ता हुन सक्ने व्यवस्था गरेको प्रवक्ता प्याकुरेलले जानकारी दिनुभयो । गुगलजस्तो प्रसिद्ध कम्पनी नेपालको कर प्रणालीमा दर्ता हुँदा त्यसले भविष्यमा अन्य कम्पनीलाई पनि दर्ताको प्रक्रियामा ल्याउन सहयोग पुग्ने विभागले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu