Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२०८०, ९ बैशाख शनिबारमा प्रकाशित

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । शनिबार अल्पमतमा सरकार परेको २९ दिन पुग्छ । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो।

संविधानको अक्षरशः पालना गर्दै शनिबार विश्वासको मत लिन्छु । पुनः विश्वासको मत पाउँछु भन्ने मेरो विश्वास हो शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो।विश्वासको मत लिन मुख्यमन्त्री अधिकारीले केही दिन अघि प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो ।

अधिकारीले विश्वासको मत नपाए ठूला दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेससँग २७, नेकपा एमाले सँग २२ नेकपा माओवादी केन्द्र सँग ८ राप्रपा २ र एकीकृत समाजवादीसँग १ सांसद छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu