Connect with us
Kapilvast Forest

हात्ती आतंक नियन्त्रण गर्न विश्वप्रकाशले गराए सरकारको ध्यानाकर्षण

२०८०, १५ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माले जंगली हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा बोल्ने क्रममा महामन्त्री शर्माले जंगली हात्तीको आतंक नियन्त्रण गर्नका लागि दीर्घकालीन हल खोज्न सरकारसँग आग्रह गरे । झापाको बुद्ध शान्ति गाउँपालिकामा एक वर्षमा जंगली हात्तीका कारणले तीन जनाको ज्यान गएको तथ्य सुनाए ।

‘समस्या वर्षौंदेखि छ, तर आकस्मिक समयमा यसकारण उठाएको हुँ, किनकी ताजा घटना भर्खर भएको छ र यहि बेला सरकार आगामी बजेटको नीति निर्माणको क्रममा छ,’ शर्माले भने ।

सीमा पारीबाट हात्ती प्रवेश गर्ने मेची नदीको किनारमा तटबन्ध निर्माण गर्ने बजेट छुट्याउन उनले सरकारको ध्यानाकर्षण गराए । झापा १ का नागरिकलाई दुई प्रकारका जंगली हात्तीले आतंकित बनाएको शर्माले बताए । पहिलो, खुला सिमाना भएको हुँदा भारत पश्चिम बंगालबाट हुलका हुल भित्रिने हात्तीबाट र दोस्रो स्थानीय जंगलमा रहेका रैथाने हात्तीबाट।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu