Connect with us
Kapilvast Forest

अर्थतन्त्र नसुध्रे नेपाल छिट्टै टाट पल्टिन्छ : अध्यक्ष ओली

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको आर्थिक अवस्था सुधार्नेतर्फ काम गर्नुपर्ने सुझाव दिनुभएको छ । मंगलबार एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले सो सुझाव दिनुभएको हो ।

खनिजजन्य खानीजन्य उद्योगहरू उत्पादनहरू ठप्पप्रायः भएको उहाँले चर्चा गर्नुभयो । औद्योगिक क्षेत्र बर्बाद अवस्थामा पुगिसकेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो उद्योगहरू बन्द हुँदैछन् निर्माण व्यवसाय ध्वस्त भइरहेका छन् सरकारको ध्यान यतातिर गएको छ कि छैन ?

पैसा नभएका कारण देशमा आयातमा कमी आएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले सरकारको ध्यान आर्थिक अवस्था सुधार्नेमा केन्द्रित नदेखिएको टिप्पणी गर्नुभयो ।

ओलीले भन्नुभयो पूर्ण रूपमा अर्थतन्त्र ओरालो लाग्न थालिसक्यो सरकारको ध्यान अर्थतन्त्र सुधार्नेमा कहिले जान्छ ? देशको बिग्रँदो अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए

ओरालो लागेको स्थितिलाई रोक्न समस्या हुन्छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो देश असफल राष्ट्र बन्ने खतरा छ तपाई हामीले पनि ख्याल गर्नुपर्ने अवस्था आइसक्यो । देश बर्बादीतिर जाँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu