Connect with us
Kapilvast Forest

मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव

२०८०, २३ बैशाख शनिबारमा प्रकाशित

काठमाडौँ- सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गर्नुभएको छ ।

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेको विधेयकमा २१ वटा संशोधन दर्ता भएका छन् । अधिकांश सांसदले मुद्दा चलाउने अवधि हदम्याद हटाउन संशोधन दर्ता गर्नुभएको हो । नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्रका सांसदहरूले उक्त संशोधन दर्ता गर्नुभएको छ ।

केही सांसदहरूले सार्वजनिक पद धारणा गरेको व्यक्ति सेवामा रहँदा भ्रष्टाचार मुद्दा अख्तियारले हेर्न नपाउने भएमा अवकाशपछि अनुसन्धान र मुद्दा चलाउन पाउने व्यवस्थासमेत थपको संशोधन गर्नुभएको छ ।

कांग्रेस सांसदहरू गगन थापा, बद्री पाण्डे र जीवन परियारले उक्त संयुक्त संशोधन दर्ता गर्नुभएको छ । अहिले न्यायाधीशलगायतलाई सेवामा रहँदा अख्तियारले अनुसन्धान र तहकिकात गर्दैन ।

यस्तै गगन थापा बद्री पाण्डे र जीवन परिवारको संशोधनमा अनुचित कार्य अख्तियारको क्षेत्राधिकारबाट हटेको अवस्थामा छुट्टै कानुन वा राष्ट्रिय सतर्कता केन्द्रको काम कर्तव्यमा व्यवस्थित गर्न सुझाव दिइएको छ। थप सुझावका रूपमा संशोधनमा उक्त व्यवस्था सामेल गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu