प्रहरी चौकी पहिरोको जोखिममा
हुम्ला- हुम्लाका तीन प्रहरी चौकी पहिरोको उच्च जोखिममा छन्। वर्षाको मौसम सुरु हुन थालेपछि डरैडरमा बस्नुपर्ने बाध्यता ती चौकीमा कार्यरत प्रहरीको छ। नाम्खा गाउँपालिका–५ को यारी प्रहरी चौकी, अदानचुली गाउँपालिका–३ को गल्फागाड प्रहरी चौकी र ताँजाकोट गाउँपालिका–२ को मैलाकवाडी प्रहरी चौकी पहिरोको जोखिममा रहेका छन्।
गल्पागाड र मैलाकवाडी प्रहरी चौकी पहिरोको जोखिम स्थानमा गल्फागाड प्रहरी चौकी आफ्नै भवनमा छ। मैलाकवाडी प्रहरी चौकी भाडाको भवनमा छ। प्रहरी निरीक्षक दीपक मल्लले जिल्लाका सातवटा गाउँपालिकाका चौकीमध्ये तीनवटा प्रहरी चौकी बाढीपहिरोको उच्च जोखिममा रहेका बताउनुभयो।