Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ

२०८०, २६ बैशाख मंगलवारमा प्रकाशित

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रवक्ता पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने टिम सहितको लुम्बिनी प्रदेश सरकार विस्तारका लागि आन्तरिकरुपमा छलफल भइरहेको बत्ताउनुभएको हो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा मंगलबार आयोजना गरेको कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले दिगो विकासको अवधारणासहित सरकार अघि बढ्ने जिकिर गर्दै सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले आम नागरिकले सुशासनको अनुभूति पाउने गरी मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार लाग्ने दाबी समेत गर्नुभयो । त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा एमालेले सहयोग गर्ने जानकारी उल्लेख गर्नुभयो ।
चौधरीले नेकपा एमालेले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक सङ्कटको अवस्थामा प्रदेश सरकारलाई मन्त्रालय नथप्न सुझाव दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu