Connect with us
Kapilvast Forest

सहायक वन अधिकृतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

२०८०, २८ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा कार्यरत मिश्रले २०३६ फागुन १० देखि २०७० मंसिर १६ गतेसम्म १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ आर्जन गरेको र त्यसमध्ये ७२ लाख ५२ हजार ४८० रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

मिश्रको वैध आम्दानी ९६ लाख ६८ हजार ५७ रुपैयाँ मात्र हुनेमा उनको खर्च तथा लगानी १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

मिश्रले सरकारी सेवामा रहेको बेला श्रीमती हिरादेवीको नाममा जग्गा किनेको र घर बनाएको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले हिरादेवीको नाममा रहेको घर जग्गा पनि जफत गर्न माग गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu