Connect with us
Kapilvast Forest

दुई पत्रकार सम्मानित

२०८०, ३० बैशाख शनिबारमा प्रकाशित

स्याङ्जा-भक्त जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट जीवनकला खत्री (सरिता) सम्मानित हुनुभएको छ । गलकोट – ६ हटियामा गरिएको प्रेस सेन्टर, नेपाल बाग्लुङको १५ औँ वार्षिक साधारण सभामा गलकोट नगरपालिका – ६ की खत्रीलाई १० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । उहाँ करिब १० वर्षदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

यस्तै, श्याम चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार बागलुङ नगरपालिका १ का रामकृष्ण बोहरालाई प्रदान गरिएको हो । २२ वर्षदेखि पत्रकारितामा कार्यरत बोहरालाई दोसल्ला ओढाएर १० हजार नगद सम्मान पत्रले सम्मान गरिएको हो ।

पुरस्कार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बलावती शर्मा र प्रेस सेन्टर, नेपालका महासचिव सन्तोष पौडेलले प्रदान गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu