Connect with us
Kapilvast Forest

प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको तालिम सुरु

२०८०, १८ जेष्ठ बिहीबारमा प्रकाशित

लुम्बिनी- प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि दुइदिने तालिमको उद्घाटन भएको छ ।

लिडरशिप एकेडेमिक नेपाल (लान)ले दाङको लमहीमा आयोजना गरेको सो तालिममा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने १८ संघसंस्थाका २७ जनाको सहभागिता रहेको छ ।

लानका सहजकर्ता खडक रावलको संचालनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवम् शिक्षाविज्ञ उत्तम कुमार खनालले दियो बालेर सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सो अवसरमा लानका सिनियर प्रोग्राम म्यानेजर प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातीको पहिचान र अधिकारका क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत संघसंस्थाहरुको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका लानका सिनियर प्रोग्राम म्यानेजर प्रधानले दुइदिने तालिमका क्रममा सहभागीहरुमा प्रोजेक्ट प्लानिंग, इम्प्लीमेन्टेशन, फाइनेन्सियल मैनेजमेन्ट, नेतृत्व बिकास र वकालत क्षमतामा बृद्धिहुने विश्वास ब्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu