Connect with us
Kapilvast Forest

नागरिकको भावना अनुसार काम गर्छु: मन्त्री आचार्य

२०८०, १८ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु- महिला वालवालीका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले उपलव्धीमुलक काम गर्ने प्रयास गरिरहेको वताउनुभएको छ । मन्त्री आचार्यले गांउ वस्तीका नागरीकलाई लक्षीत गरी काम गरिरहेको वताउनुभएको छ ।

विगतमा काठमाण्डौ वरीपरी मात्र अभियान संचालन गरेर वजेट सकिएकाले अव मन्त्रालयले कार्यवीधी वनाएर दुरदराजमा काम गर्ने वताउनुभएको छ । नेपाली कांग्रेस शिवराज नगरसमीती कपिलवस्तुले गरेको वधाई तथा सम्मान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री आचार्यले जिल्लाको विकासमा आफु पुर्ण प्रतिवद्ध रहेको वताउनुभएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमीतीका उपसभापति हुमाकान्त खनालले आचार्यलाई मन्त्री पाउंदा जिल्ला उत्साहीत भएको वताउनुभएको छ । उहांले मन्त्री आर्चायवाट जिल्लाले विकासमा ठुलो अपेक्षा समेत गरेको वताउनुभयो । मन्त्री आचार्यलाई नेपाली कांग्रेस शिवराजका नेता कार्यकर्ताले स्वागत गरेका हुन । यस्तै मन्त्री आचार्यलाई व्यापार संघ कपिलवस्तु र उधोग वाणिज्य संघ चन्द्रौटाले समेत वधाई तथा सम्मान गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu