Connect with us
Kapilvast Forest

धानको बीउ छर्न बाणगंगा सिचाई प्राणालीको पानी छाडियो

२०८०, ३२ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु-
कृषकहरुका मर्कालाई मध्यनजर गर्दै धानको बीउ छर्न कपिलवस्तु कै सबै भन्दा ठुलो सिचाई बाणगंगा सिचाई प्रणालीको पानी बुधवार बिहान ११ बजे देखि छाडिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर जलासयमा रहेको मुख्य नहरको ढोका खालेर पानी छाडिएको हो ।

बाणगंगा सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख ईश्वरनाथ पाक्वाले बाधको ढोकामा पुजापठा गरे पछि पानी छाडिएको थियो । कृषकहरुरुको माग अनुसार धानको बीउ छर्न झन्डै एक हप्ताकालागि पानी छाडिएको उनले बताए । अहिले जगदीशपुरमा पानीको मात्रा घटेको छ ।

बाणगंगा जलउपभोक्ता समितिका अध्यक्ष मोहन दाहालले कृषकहरुको माग अनुसार नै धानको बीउ छर्नकालागि नहरमा पानी छाडिएको बताए । उनले झै झगडा नगरी मिलेर खेतको सिचाई गर्न उनले अपील गरेका छन । १ सय ५७ हेक्टरमा फैलिएको तालमा पानीको मात्रा कम छ । तालमा लक्ष्मणघाट बाधबाट पानी ल्याउने गरिएको छ । बाणगंगा सिचाईबाट बाणगंगा र कपिलस्तु नगरपालिका र यशोधरा गाउपालिकाका ६ हजार ५ सय हेक्टरमा सिचाई गर्ने गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj