बझाङ दुर्घटना : सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाकाे मृत्युु
बझाङ – बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे मृत्युु भएकाे छ ।
दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे हाे ।
उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे ।
दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जयादेवि सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ ।
दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ दुर्घटनामा परेको हाे ।