Connect with us
Kapilvast Forest

पाल्पाको भैरबस्थान मन्दिरका मुल पुजारी निलम्बित

२०८०, १४ असार बिहीबारमा प्रकाशित

दिपक पोख्रेल– पाल्पाको भैरबस्थान मन्दिरका मूल पुजारी निलम्बित भएका छन् । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथी यौनजन्य अभद्र ब्यबहार गर्ने गरेको पाईएकाले योगीलाई सबै खालको जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीले जनाएको छ ।
समितीले हिजो एक बिज्ञप्ती जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थी माथि पटक पटक अभद्र ब्यबहार गर्ने गरेको घटना बिभिन्न सामाजिक संन्जाल तथा मिडीयामा सार्वजनीक भएको थियो । पुजारीको ब्यबहार प्रति गम्भिर ध्यानाकर्षण जनाउदै मन्दिर ब्यबस्थापन समितीले सत्य तथ्य छनबिन नहुदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेबारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष गोबिन्द बहादुर पोखरेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu