भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौं – भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् ।
बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ ।
उनले नेपालबाट आयात हुने गोलभेंडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् । तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेंडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ ।