Connect with us
Kapilvast Forest

दाङमा खोलाले बगाउँदा वृद्ध बेपत्ता

२०८०, २८ श्रावण आईतवारमा प्रकाशित

दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घर नजिकै रहेको पत्रे खोलाले विकलाई बिहान ८ः३० बजेतिर बगाएको थियो । प्रहरी नायब उपरीक्षक गौतमले भन्नुभयो, ‘‘घरमा शौचालय नभएका कारण दिसा गर्न सधैँ खोला जाने गरेका थिए, त्यही क्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ । अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ ।’’

बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu