Connect with us
Kapilvast Forest

विदेशी कामदारले नेपालमा भदौदेखि अनलाइनबाटै श्रम स्वीकृति पाउने

२०८०, २९ श्रावण सोमबारमा प्रकाशित

विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत पाउने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आईएलएमआईएस) सञ्चालनको तयारी भइरहेको छ । १ भदौदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिन सक्ने छन् ।

साथै ट्रेड युनियन दर्ता÷नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता/नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका काम समेत अब अनलाइनबाट गर्न सकिने भएको छ ।

विभागका अनुसार सेवाग्राहीले ‘आईएलएमआईएस डट डीओएलओएस डट जीओभी डट एनपी’मा गएर आवेदन दिन सक्ने भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu