Connect with us
Kapilvast Forest

मन्त्री आचार्यका १०० दिन : ४ सय ३० बालबालिकाको उद्धार

२०८०, २ भाद्र शनिबारमा प्रकाशित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले आफ्नो सय दिने कार्यकालमा दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको उपलब्धी सार्वजनिक गरेका छन् । जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धारको कार्य मन्त्रीको सय दिने कार्यमा भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री आचार्यले पद वहाली पछिको अवधिमा जोखिममा परेका ४ सय ३० जना बालबालिकालाई उद्धार गरेको जानकारी गराएका छन् । जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयको सम्बन्ध आफूले जोड्न सकेको मन्त्री आचार्यले दाबी गरेका छन् ।

हराएका १ हजार ७ सय ४९ जना बालबालिका मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको कार्यलाई यसै अवधिमा भएको मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालयले पछिल्लो सय दिनमा बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन गराइएको छ । भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्दार गरिएको छ,’ मन्त्रीका सय दिने कार्यमा उल्लेख छ ।

विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम सञ्चालनलाई सय दिने उपलब्धीमा उल्लेख गरेका छन् । ज्येष्ठ नागरिक नीतिको मस्यौदा तर्जुमा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार लगायतलाई सय दिने कार्यमा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu