Connect with us
Kapilvast Forest

कपिलवतस्तु विजयनगरमा ४० दिनमै भाँसियो कालोपत्रे सडक

२०८०, ६ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं २ स्थित निर्माण गरिएको कालोपत्रे गरिएको सडक ४० दिनमै भाँसिएको छ ।

सनिउल्ला धोबी-
कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं २ स्थित निर्माण गरिएको कालोपत्रे गरिएको सडक ४० दिनमै भाँसिएको छ । विजयनगरको लालपुर देखी कुकुरभुकुवा सम्मको २६ सय मिटर कालोपत्रे सडक ठाउँठाउँमा भासिनुका साथै भत्किएको छ । गत हप्ता आएको बर्षाले सडक किनार तिर कालोपत्रे भासिएको छ, बीचमा चिरा परेका छन् ।
विजयनगर गाँउपालिकाको २ करोड १९ लाखको लागतमा गत असार १९ गते सडक कालोपत्रे गरिएको थियो । गाँउपालिकाले उक्त योजना २ करोड ८० लाखमा ठेक्का खोले पनि इजी कन्ट्रक्सन दाङले २ करोड १९ लाखमा ठेक्कामा लिएको थियो । २०७९ फागुन १७ गते उक्त योजना ठेक्कामा लिएको हो ।

कालोपत्रे भएको केही दिनमै सडक भासिन सुरु भएको स्थानीयले बताएका छन् । गाँउपालिकाका प्राविधिक र ठेकेदार कम्पनीको मिलेमतोमा सडक निर्माण गर्दा कमसल सामग्री प्रयोग भएको स्थानीयको आरोप छ ।
‘२ महिना पनि नटिक्ने कस्तो सडक बनायो होला ?’ स्थानीय गौतम यादवले भने, ‘कमसल सडक बन्नुमा गाँउपालिका पनि दोषी छ ।

सडक बन्ने वेला अनुगमन गर्न आएका प्राविधिक के हेरेर गए ?’ असारको अन्त्यमा बजेट सक्न हतारहतार काम गर्दा गुणस्तरहीन सडक बनेको स्थानीय सन्दीप यादवले बताउनुभयो । निर्माण कम्पनी र साइट हेर्ने कर्मचारीको मिलेमतोमा झारा टार्ने गरी काम हुँदा विजयनगरमा कालोपत्रे भएको छोटो समयमै सडक भत्किने गरेको यादवले बताउनुभयो ।
स्थानीय नरेन्द्र थारुका अनुसार ठेकेदार, कर्मचारी र प्राविधिकको मिलेमतो हुने भएकाले कामको गुणस्तर घटेको छ । योजना छनोटदेखि भुक्तानीसम्म जनप्रतिनिधिको समेत मिलेमतो रहने गरेको थारुले आरोप लगाउनुभयो ।
गाँउपालिका इन्जिनियर नविन डुम्रेले भासिएको सडक अनुगमन गरी निर्माण कम्पनीलाई पुन मर्मत गर्न अनुरोध गरिने बताउनुभयो । सडकको छेउमा नाली नभएकोले उक्त सडक भासिएको हुन सक्ने इन्जिनियर डुम्रेले बताउनुभयो ।

विजयनगर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले साउनमा बनेको सडक पानीले गर्दा भत्कीएको हुन सक्ने भन्दै तत्काल ठेकेदारलाई पत्र काटेर मर्मत गर्न अनुरोध गर्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “ठेकेदारलाई सम्पर्कमा ल्याई भासिएको सडक बनाउछौँ ।” दिगो र टिकाउ सडक निर्माणका लागि गाँउपालिकाले आगामी दिनमा गुणस्तरमा ध्यान दिने अधिकृत रिजालले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu