Connect with us
Kapilvast Forest

मधेसमा परम्परागत कला, व्यवसाय र संस्कृति लोप हुँदै

२०८०, १० भाद्र आईतवारमा प्रकाशित

सनिउल्ला धोबी-,
कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरका बालबालिकाहरु “अम्मा खेत से आइ गइ” भन्दै खुसीले उफ्रीरहेका छन् । इस्लाम नगर गाँउमा पक्कीबाटो नबनेपनी पक्की नाला बनेको छ । केही बालबालिका नालीमा रहेका भ्यागुतो र किरा हेर्दै रमाईरहेको रोमाञ्चक दृश्य देखिन्थ्यो ।

इस्लाम नगर गाँउका ७५ बर्षीय अदालत मनिहार आफ्नो घरको आगनमा बस्नु भएको छ । ‘हे लडके ज्यादा हल्ला नकरा’े भन्दै बालबालिकालाई विस्तारै बोल्न आग्रह गर्नुहुन्छ र भन्नुहुन्छ ‘अहिले हाम्रा गाँउ समाजमा पुराना कला, संस्कृति हराउदै गएको छ ।’
मनिहारले पहिले पहिले गाँउमा मोर्हरम आउदाँ एक महिनासम्म ढोल तासा, झाझ बजेको र अहिले त्यस्तो माहोल परिर्वतन भएको अनूभव सुनाउनुभयो । आजकल गाँउमा बैजल्ला, कब्बडी खेल हराउदै गएकोमा उहाँलाई चिन्ता लाग्न थालेको छ ।


कृष्णनगर नगरपालिका वडा नं ८ का माथुरा पत्थरकट्टाले भन्नुभयो–‘आफ्नो कला, संस्कृती, पेशा र व्यवसाय झन पछि झन हराउदै जान थालेको छ ।’उहाँ भन्नुहुन्छ ‘पहिले सिलौटा, लोहोराको पुजा हुन्थ्यो अहिले पुजा गर्ने संस्कृति समेत लोप हुदै गएको छ ।’ पत्थरकट्टाले भन्नुभयो–‘सिलौटा र लोहोरा बनाउने छुट्टै कला हुन्थ्यो र महगोँमा विक्री हुन्थ्यो तर आधुनिक जमानामा यसको संरक्षण हुन सकेको छैन ।’

महाराजगंज नगरपालिका वडा नं १ की राविया चुरिहार उमेरले ६० पुग्न लाग्नुभयो । उहाँसँग चुरा लगाउने (पहिराउने) गज्जबको कला रहेको छ । तर त्यसको सुदुपयोग हुन छाडेको धेैरै समय भएको छ । राविया अहिलै घरमै बस्नुहुन्छ । रावियाले पहिराएको चुरा राम्रो हुने भएकोले कुनै जमानामा उहाँकोमा भीड नै लाग्थ्यो । अहिले चुरा लगाइदिने (पहिराउने) चलन हराएकोप्रति उहाँ दुखी हुनुहुन्छ । ‘पहिले चुरिहारलाई सम्मानित नजरले हेरिन्थ्यो तर अहिले त्यस्तो छैन र चुरा पहिराउने कला पनि हराएको छ’ उहाँले भन्नुभयो ।
कला, संस्कृतिको चिन्तन र संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएपनि त्यसमा प्रभावकारी काम नभएको स्थानीय अगुवा बताउछन ।
नागरिको सबैभन्दा नजिकको अहिलको स्थानिय सरकारले कला संस्कृतिमा लगानी नगर्दा सिमान्तकृत, अल्पसंख्यक लगायतका समुदायको परम्परागत कला, संस्कृति हराउदै गएको स्थानीय सरकारवालाको भनाई छ ।
अवधी संस्कृति संरक्षणका अगुवा पशुपतिमणी त्रिपाठीले लोहार तथा विश्वकर्मा जातीको आरन पेसा, कोहारको माटाका भाडा बनाउने काम, पत्थरकट्टा समुदायले सिलौटो बनाउने काम, धोबीको कपडा धुने काममा स्थानीय सरकारले लगानी नगरेको बताउनुभयो ।


स्थानिय सरकाले बजेट विनियोजन नगर्दा पेसागत कला संस्कृति लोप हुने अवस्थामा पुगेको उहाँको भनाई छ । कपिलवस्तुको यशोेधरा गाँउपालिकाले उनीहरुको पक्षमा केही काम गरेको भएपनि अन्य पालिकाले कुनै पनि काम नगरेकाले रकम विनियोजन गरी कला, संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने अवधी संस्कृति संरक्षणका अगुवा त्रिपाठी सुझाव दिनुहुन्छ ।
तराईमा बोल्ने अवधी भाषा तथा अल्पसंख्याक, सिमान्तकृत समुदाय लोहार तथा विश्वकर्मा जातीको आरन पेसा, कोहारको माटाका भाडा बनाउने काम, पत्थरकट्टा समुदायको सिलौटो बनाउने काम, नटुवा समुदायको सर्प उद्धार गर्ने काम, चुरिहारको चुरा पहिराउने काम, धोबीको कपडा धुने कामसँग सम्वन्धित संस्कृति सरंक्षणमा सरकारको लगानी न्युन रहेको बताइएको छ ।
इस्लाम नगरका वाजिद मनिहारले परम्परागत कला, संस्कृति संरक्षणमा स्थानीय सरकार उदासिन देखिएको आरोप लगाउनुभयो । मनिहार भन्नुहुन्छ ‘कला संस्कृति संरक्षणको मुख्य दायित्व स्थानीय सरकारको भएपनि यसतर्फ स्थानिय सरकार अग्रसर भएको देखिदैन ।’
वियजनगर गाँउपालिकाको कोरी समुदायका अगुवा रामप्रकट कोरीले स्थानिय कला, संस्कृति संरक्षणका लागि लक्षित बर्गको पेशा संरक्षण गर्नुपर्ने बताउनुभयो । पालिकाले अल्पसंख्याक तथा सिमान्तकृत समुदायका लागि दृष्टीकोण बनाएर काम गर्न सुझाव दिनुभयो ।

‘स्थानीय स्तरमा जबसम्म मातृभाषामा शिक्षा दिने प्रचलन सुरु हुदैन तबसम्म कला, संस्कृतिको संरक्षण गर्न कठिनाई हुन्छ’ कोरीले भन्नुभयो । उहाँले भाषा कला, संस्कृतिमा स्थानीय सरकारको लगानी हुनु नै संघीयता बलियो बनाउने आधार भएको तर्क गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य हंशावती कुर्मीले स्थानिय स्तरमा स्थानिय भाषाको पाठयपुस्तक लागु गरे मात्र कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले कला संस्कृति क्षेत्रलाई केही गर्न नसकेपनि नटुवा समुदायका बालबालिकालाई मासिक रु.५०० दिने गरेको बताउनुभयो । उहाँले सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर छुटै बजेट ल्याउने बताउनुभयो ।

शिवराज नगरपालिका नगरप्रमुख अजय थापाले कला, संस्कृतिको क्षेत्रमा नगरले केही उल्लेख्य काम गरेको बताउनुभयो । नगरप्रमुख थापाले थारु कला, संस्कृतिको क्षेत्रमा संग्राहलयको लागि करिब रु.२ करोड बराबरको काम भएको बताउनुभयो ।


महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले सिमान्तकृत समुदायको लागि सहयोगको प्याकेज ल्याएको बताउनुभयो । महाराजगन्ज बजार, बुटहानिया, भलवारीमा रहेका नटुवा समुदाय र पथ्थरकट समुदायलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले कला, संस्कृतिको क्षेत्रमा बिशेष बजेटको ब्यवस्थापन गरिने जनाएको छ ।

पेसागत जातजाति कोहार, नटुवा, पत्थरकट्टा समुदायको पेसागत संरक्षणका लागि पनि नगरस्तरिय योजना बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । तर अहिलेसम्म नगरमा सिमान्तकृत तथा अल्पसंख्याक समुदायको सङ्ख्या निश्चित भएको छैन । नगर कार्यपालिकाको बैठकमा यसलाई एजेन्डाका रुपमा पेस गर्ने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने समेत बताइएको छ ।

मधेश मानव अधिकार गृह (माहुरी होम) तौलिहवाका संस्थापक रबी ठाकुरले कला संस्कृति प्राण भएको भन्दै प्राणलाई बचाउनुपर्ने दायित्य सबैको भएको बताउनुभयो । ‘कला, संस्कृति लोप हुदै गए हाम्रो पुस्ताले हामीलाई माफ गर्दैन त्यसैले संरक्षणमा सबैको योगदान हुनुपछर्’ ठाकुर भन्नुहुन्छ ।

ठाकुरले स्थानीय सरकारले कला, संस्कृतिमा लागानी गर्र्नुपर्ने समय आएको उल्लेख गर्दै कला संस्कृति बिनाको समाज अन्धकारमय हुने भएकोले यसलाई जिवन्त राख्न आवश्यक भएको बताउनुभयो ।

 

कपिलवस्तुमा १० स्थानीय तह रहेका छ्न । बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभुमी नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका रहेका छन ।
त्यस्तै शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका रहेका छन । दस पालिकामध्ये कुनै पनि पालिकाले अल्पसंख्यक सीमान्तकृत समुदायको कला, संस्कृति संरक्षणको लागि बजेट बिनियोजन गरेको पाइदैन ।

बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिको थारु संग्रहलयको लागि करिब रु.३ करोड भन्दा बढी रकम खर्च गरेको बताइएको छ । ती पालिकाले विभिन्न आर्थिक बर्षमा थोरै थोरै रकम छुटाएको निति तथा कार्यक्रममा उल्लेख छ ।

बाणगंगा नगरपालिकाले हथौसा, बुद्धभुमी नगरपालिकाले बुडडी र शिवराज नगरपालिकाले उमरीमा थारु संग्रहालयको काम गरेको छ । अल्पसंख्यक तथा सीमान्तकृतको समुहगत बर्गिकरणका आधारमा आदिबासी जनजातिभित्रको सूचि लामो भएको बताइएको छ ।

कपिलवस्तु जिल्लाको कुल जनसंख्या ६ लाख ८२ हजार ९ सय ६१ रहेको छ । १७.४ प्रतिशत अर्थात १ लाख १८ हजार ८ सय ३९ जना मुसलवान छन् । त्यस्तै थारु जातिको जनसंख्या ७५ हजार १ सय १९ अर्थात १०.९ प्रतिशत रहेको छ । यादव जातिको ६६ हजार ७ सय ९६ अर्थात ९.७ प्रतिशत, पहाडि ब्राह्मण ४९ हजार ८ सय २५ अर्थात ७.२ प्रतिशत जनसंख्या रहेको जिल्ला तथ्यांक कार्यालय कपिलवस्तुको विवरणमा उल्लेख छ ।

त्यस्तै, कुर्मि जातिको ४२ हजार ४ सय चालिस अर्थात ६.२ प्रतिशत, दुसाध÷पासवान जातिको २८ हजार ४ सय ९५ अर्थात ४.१ प्रतिशत, क्षेत्रि जातिको २७ हजार २ सय १० अर्थात ३.९ प्रतिशत, मगर जातिको २४ हजार ९६ अर्थात ३.५ प्रतिशत जनसंख्या रहेको छ । जिल्लामा जम्मा ८२ जातजातिको बसोवास रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu