Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बस दुर्घाटन हुदाँ ९ जना घाइते

२०८०, १० भाद्र आईतवारमा प्रकाशित

फाइल तस्बिर

सनिउल्ला धोबी
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ बनकासवासामा बस दुर्घाटना हुदाँ ९ जना घाइते भएका छन ।
दाङबाट बुटवल जादै गरको ना ५ ख ९६४१ नम्बरको बस बेलुका ५:३० बजे पल्टीदा ९ जना घाइते भएका हुन ।
घाइते हुनेहरुमा लमही नगरपालिका वडा नं ४ बस्ने बर्ष ८५ की कमला भण्डारी, सोही ठाउँको बर्ष ४२ की विमला घर्ती, बर्ष ३२ की मनकुमारी भण्डारी घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै दाङ राप्ती गाँउपालिका ६ बस्ने बर्ष २९ नरेश चौधरी, बर्ष ३७ रुपलाल चौधरी, घोराही उपमहानगरपालिका २ बस्ने बर्ष ३९ जित बहादुर सार्की, रुपन्देही बुटवल बस्ने बर्ष २० की विरमाया लोध, कपिलवस्तु कृष्णनगर नगरपालिका बहादुरगंज बस्ने विन्दु ठाकुर र नुरजाहा खातुन घाइते हुनु भएको प्रहरीले जनाएको छ ।
घाइतेको शिवराज नगरपालिका चन्द्रौटा स्थित सन्जीवनी समुदायिक अस्पतालमा उपचार भैरहेको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu