Connect with us
Kapilvast Forest

सरकार सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छः मन्त्री आचार्य

२०८०, १६ भाद्र शनिबारमा प्रकाशित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन्।

शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरुको महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको देश विकासमा नागरिक संस्थाहरुको संघीयकरण, भूमिका तथा चुनौती विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आचार्यले करिव ६ वर्षदेखि उक्त ऐन अलपत्र परेको भन्दै आफूले नयाँ सामाजिक सेवा ऐन निर्माणका लागि पहल गरेको बताएका हुन्।

उनले गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउनका लागि सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरे। मन्त्री आचार्यले समाज कल्याण परिषद्को स्थापन भएयता विभिन्न संस्थाहरुमार्फत गाँउ गाँउमा खरवौ रुपैयाका कार्यक्रम भएपनि त्यसको उपलब्धि भने देखिन नसकेको उल्लेख गरे।

पहुँचका भरमा बिभिन्न संस्थाहरुले मन्त्रालयमार्फत लिएर जाने बजेटलाई नयाँ नियम बनाएर सिधै स्थानीय तहका पठाउने व्यवस्था आफूले गरेको उनले बताए।

उनले गैरसरकारी संस्थाहरुहरुको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको र गैरसरकारी संस्थाहरुले जनताको आवश्यकता अनुसारको काम गरेर मुलुकको बिकासमा साथ दिनुपर्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu