Connect with us
Kapilvast Forest

भेदभाव हटाउन माओबादीको भूमिका अविस्मरणीय छ: मशहूद

२०८०, १६ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-

नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले आज वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपाली ले अभियानको उद्घाटन गरेका छन्।

विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए। जनता संग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा योद्धा हरूले गरेको सहादत कसैले बिर्सिन नसक्ने बताए, प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लाई बढावा न दिने बताउदै अहिलेको जनता संग विशेष रूपांतरण अभियान लाई माओबादी केन्द्र समर्थक सबैले जनताको मन मनमा माओबादीको ऐजेंडा पुर्याउनु पर्ने बताउदै जातिय भेदभाव हटाउन समेत माओबादीको विशेष पहल रहेको छ साथै दाइजो लिनु समेत भ्रष्टाचार रहेको बताए।

कार्यक्रममा सहिद परिवारका सदस्यलाई सम्मान गर्नुका साथै ५० भन्दा बढी व्यक्ति अन्य पार्टी छोडेर नेकपा माओबादी केन्द्र रोजेको लाई पार्टीमा स्वागत गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu