Connect with us
Kapilvast Forest

राजमोको जिल्ला सम्मेलन भदौ २० र २१ गते तौलिहवामा हुने

२०८०, १८ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पाचौं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।भदौ २० र २१ गते जिल्लाको सदरमुकाम तौलिहवामा हुन लागेको जिल्ला सम्मेलनको तयारी तिव्र गतिमा अघि बढि अन्तिम चरणमा पुगेको जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले जानकारी दिनुभएको छ।

सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन ,संगठनात्मक प्रतिवेदन लेखन कार्य समेत पुरा गरि जिल्ला समितिबाट सम्मेलनमा पेश गर्नको लागि तयारी पूरा भएको जनाइएको छ। सम्मेलन स्थल व्यवस्थापन ,प्रतिनिधि ,पर्यवेक्षक ,छनौट कार्य समेत पूरा भएको जिल्ला अध्यक्ष दधिराम आचार्य ले जानकारी दिनुभएको छ ।

साथै विशेष प्रस्ताव ,आगामी कार्यक्रम र आर्थिक प्रतिवेदन लेखन कार्य पनि अन्तिम चरणमा पुगेको र भोलि १९ गते बस्ने जिल्ला समिति बैठकले अन्तिम रुप दिई सम्मेलनमा पेश गर्नकाे लागि निर्णय गर्ने समेत जनाइएको छ। सम्मेलनमा जिल्लाभर बाट बन्द सत्रमा २०० जना प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने गरि छनौट प्रक्रिया पनि पूरा भएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu