Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा हेलो सरकारमा आएको गुनासो सम्बोधन

२०८०, १८ भाद्र सोमबारमा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ ।

हेलो सरकारमार्फत जनगुनासो सुन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रक्षा सचिव किरणराज पौडेललाई उक्त निर्देशन दिनुभएको हो । दोलखामा उक्त ढुङ्गाका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो आएको थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार बस्तीमाथि रहेको ढुङ्गो विस्फोट गरी हटाउने कार्य सुरु गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ । पौडेलले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरु गरिसकेको छ । ढुङ्गो निकै ठुलो छ, एकैपटक विस्फोट गर्दा ढुङ्गाले बस्तीमा असर पर्न सक्छ । त्यसैले बस्तीलाई असर नपर्नेगरी ढुङ्गो हटाउने कार्य भइरहेको छ ।’’

आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठुलो ढुङ्गो अड्किएर बसेको र सो ढुङ्गाको कारण ३२ घरधुरी विस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाउनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu