Connect with us
Kapilvast Forest

छोराको कुटपिटले बाबुको मृत्यु

२०८०, २९ भाद्र शुक्रबारमा प्रकाशित

file photo

दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका –५ दलजितपुरमा २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार रातको समयमा मादक पदार्थ सेवन गरेर घर पुगेका छोराले सुतिरहेको अवस्थामा बाबुलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका बाबुलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि नेपालगन्ज लैजाने क्रममा घाइते केसीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्ले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो, ‘रातिको समयमा छोराको कुटपिटले गम्भीर घाइते भएका बुबालाई उपचारका लागि कोहलपुर लैजानेक्रममा मृत्यु भएको हो ।’

प्रहरीले कुटपिट गर्ने सन्तोष केसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मादक पदार्थ सेवन गर्ने केसीले घरमा पटक पटक झगडा गरी आमाबुबालाई कुटपिट गर्दैआएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu