कपिलवस्तु शिवराजका धर्मिक गुरुहरुसँग अन्तरक्रिया
कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकामा धर्मिक गुरुहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालविवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सामाजिक अभियान्ता राम दयाल ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
भिएसओ र मधेश मानव अधिकार गृह (माहुरी होम) को समन्वय र युएनएफपिएको अर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले बाल विवाह अन्त्य गर्ने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । शिवराज ५ को वडा कार्यालयबमे सभाहलमा भएको कार्यक्रममा यस क्षेत्रका धर्मिक गुरुहरुको सहभागिता रहेको थियो ।
