Connect with us
Kapilvast Forest

कपिलवस्तु महाराजगंजका कर्मचारीहरु हातमा कालोपट्टी बाधेर काम गर्दै

२०८०, १६ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुको महाराजगंज नगरपालिकामा कार्यरत कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन । स्थानिय ऐन नबाई सरकारले कर्मचारीलाई सरुवा बढुवा लगायतको सेवा सुविधामा समेत हस्तक्षेप गरिरहेकोले  कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन ।

महाराजगंज नगरपालिकाको  रोजगार संयोजक अनिल पाण्डेयको अध्यक्षतामा मंगलवार बैठक  बसि नगरपालिकाको असिष्टेण्ट सब इन्जिनियर सुरेन्द्र कुमार चौधरीको संयोजकत्त्वमा १५ सदस्यीय संघर्ष समिति गठन भएको छ ।

उक्त बैठकले संघर्षको लागि आवश्यक आर्थिक व्यवस्थापनको लागि प्रत्येक स्थायी कर्मचारीबाट १ हजार र अस्थायी, करार सेवाको कर्मचारीहरुबाट रु ५ सयका दरले रकम संकलन गर्ने निर्णय गरेको छ । साथै स्थानीय तह कर्मचारीको काठमाण्डौ केन्द्रित आन्दोलन सहभागिता जनाउन महाराजगंज नगरपालिकाबाट असिष्टेण्ट सब इन्जिनियर सुरेन्द्र कुमार चौधरी तथा सब- इन्जिनियर बिरेन्द्र खनाललाई चयन गरेका छ ।

महाराजगंज नगरपालिकामा कार्यरत कर्मचारीहरुले असोज १६ गते देखि १८ गते सम्म कार्यालय अबधीभर बिरोध स्वरुप हातमा कालो पट्टि बाधी काम सुचारु गर्नछन । असोज १९ गते अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरी अनिश्चितकालिन पेन डाउन गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu