Connect with us
Kapilvast Forest

आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपति पौडेलको अपिल

२०८०, २० आश्विन शनिबारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सहअस्तित्व स्वीकार्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अपिल गर्नुभएको छ ।

जितिया पर्वका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उहाँले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ । विज्ञप्तिमा विविधतायुक्त हाम्रो समाजमा आपसी सद्‍भावै विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उहाँले प्रकृति पूजामा आधारित जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।”

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि एक विज्ञप्ति जारी गर्दै जितिया पर्वको शुभकामना दिनुभएको छ । उहाँको सन्देशमा भनिएको छ, “तराई मधेशका आमाहरू २४ घण्टासम्म पानीसमेत नखाई निराहार उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घजीवन र प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्व–२०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पर्व तराई मधेशका भुँइमान्छे, मूल आदिवासी, रैथाने समुदाय जातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृति अनुसार एकीकृत भई संयुक्त र सामूहिक रूपमा बनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्ने उहाँको विश्वास रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu