Connect with us
Kapilvast Forest

इजरायलमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको माग

२०८०, २१ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा भएको आक्रमणको भर्त्सना समेत गरेका छन् ।

केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका छन् । उनले अघि भनेका छन्, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

साथै इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu