Connect with us
Kapilvast Forest

कांग्रेसको प्रशिक्षक प्रशिक्षण तालिम तौलिहवामा सम्पन्न

२०८०, २५ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तुको तौलिहवामा कांग्रेसको प्रशिक्षक प्रशिक्षण तालिम संपन्न गरिएको छ । कांग्रेस कपिलवस्तु नगर कार्य समिति कपिलवस्तु नगरपालिकाको आयेजनामा कांग्रेस जिल्ला प्रशिक्षण शाखाको समन्वयमा एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम संपन्न गरिएको हो ।

पानसमा दिप बालेर कार्यक्रमको उदघाटन गर्दै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर सिंह पुनले यो कार्यक्रमले पार्टीलाई बलियो बनाउने बताए । उनले यो कार्यक्रमबाट सहभागीहरुले पार्टीको ईतिहास, सिद्धान्त, मुल्य मान्यता, योजना लगायतका कुराहरु जानकारी पाउने बताए । तोलिमा ढेड सय बढी नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
तालिममा प्रदेश अध्यक्ष पुन, मुक्ति गैरे, जगदीश भट्टराई, भुवन प्रसाद श्रेष्ठ, अजय द्धिबेदीले सहजीकरण गरेका थिए ।

पार्टीका नगर सभापति खुर्सैद अहमद खाँको अध्यक्षतामा, नगर सचिव नगेन्द्र यादवको संचालन तथा तारावती चौधरीको स्वागतमा भएको कार्यक्रममा कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, पार्टी जिल्ला सभापति अब्दुल कलाम, पुर्व पार्टी सभापति राजशे आचार्य, पार्टी उपाध्यक्ष हुमकान्त खनाल, नेता राजेश सिंह सचिव शक्ति सिंह ठकुरी, सह सचिव मोहोम्द वजी लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu