कपिलवस्तुको शिवराजमा २४ घण्टा मदिरा बिक्रीवितरणमा रोक
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका ८ विशनपुरमा २४ घन्टा मदिरा बिक्रीवितरणमा रोक लगाइने भएको छ ।
दशैमा शान्ती सुरक्षा कायम गर्न दुर्गा मुर्ती विसर्जनका दिन मदिरा विक्रीवितरण रोक लागाउने सहमति भएको छ ।
शिवराज ८ का भद्राभादमीहरुको उपस्थितिमा बसेको बैंठकले मदिरा विक्रीमा रोक लगाइएको हो ।
कसैले विबाद सृजना गर्न खोजे कानुन बमोजिम कार्वाही हुने सहमति गरिएको वडा अध्यक्ष रिजवान खानले जानकारी दिनु भयो ।
उक्त वैठकमा विशनपुर सशस्त्र पोस्टमा शिवराज ८ का वडा अध्यक्ष रिजवान खान, उमेश पासी, गुड्डु यादव, श्यामलाल यादव, सशस्त्र नायब निरीक्षक नरेन्द्र शाही, प्रहरी हल्वदार हुम राना लगायतको सहभागीता रहेको थियो ।