Connect with us
Kapilvast Forest

तीन महिनामा सोह्र अर्बभन्दा बढी विदेशी लगानी

२०८०, २ कार्तिक बिहीबारमा प्रकाशित

चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको हो । असोज महिनामा मात्र ४० परियोजनामार्फत एक अर्ब ९८ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । तीन महिनाको अवधिमा १४४ साना, मझौला चार र तीन ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।

तीन महिनाको अवधिमा सबैभन्दा धेरै सेवा र पर्यटन क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि, उत्पादनमूलक, ऊर्जा, कृषि तथा खानीजन्य क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता आउने गरेको छ । अघिल्लो भदौमा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ ।

गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता आएको थियो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो । असोजसम्म विभागले ७८१ वटा व्यापारिक भिसा सिफारिस गरेको छ ।

नेपालमा सुरुदेखि हालसम्म छ हजार १० परियोजनमार्फत चार खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख २४ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरे पनि लगानी भने न्यून मात्र भित्रिने गरेको पाइएको छ । नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu