Connect with us
Kapilvast Forest

प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न गुटेरेसको अपिल

२०८०, १२ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै त्यसलाई रोक्न तत्काल युद्धविराम गर्न अपिल गरेका हुन् ।

‘संसारसामु मानवीय प्रकोप भइरहेको स्पष्ट छ । अत्याधिक बम आक्रमणको शिकार भएर २० लाख भन्दा बढी मानिसहरू असुरक्षित जीवन बिताइरहेका छन्’, उनले भने, ‘कहीँ जाने सुरक्षित स्थान छैन । जिउनका लागि अत्यावश्यक चीजहरू खाना, पानी, आश्रय र चिकित्सकीय हेरचाहबाट वञ्चित भइरहेका छन् । म जिम्मेवार सबैलाई आफ्नो कदमबाट पछि हट्न आग्रह गर्दछु । आपतकालीन मानवीय युद्धविरामको लागि मेरो अपील दोहोर्‍याउन चाहन्छु ।’

उनले सबै बन्दीहरूको बिना शर्त रिहाई गर्न पनि अनुरोध गरेका छन् । गाजाका जनताको आवश्यकताहरू पूरा गर्ने स्तरमा दिगो मानवीय राहत वितरणको व्यवस्था गर्न र गाजा, इजरायल र नेपाललगायत विश्वभरका प्रभावित मानिसहरूका लागि दुःस्वप्न बनेको यस युद्धको अन्त्य गर्न पनि महासचिव गुटेरेसले सम्बन्धित पक्षलाई आग्रह गरे ।

उनले मध्यपूर्वमा भएको सङ्कट नेपालबाट हजारौं माइल टाढा भए पनि यसले नेपाली जनतालाई छोएको बताए । उनले ७ अक्टोबरमा हमासले गरेको डरलाग्दो आक्रमणको निन्दा गर्दै सर्वसाधारणमाथि भएको हत्या, घाइते र अपहरणको कुनै औचित्य नरहेको बताए ।

गाजामा अवस्था झन् भयावह बन्दै गएको भन्दै महासचिव गुटेरेसले इजरायलले त्यहाँ आवश्यक मानवीय युद्धविराम गर्नुको सट्टा आफ्नो सैन्य अपरेशनलाई तीव्र बनाएको भन्दै खेद प्रकट गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu