Connect with us
Kapilvast Forest

तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ राहत दिने

२०८०, १८ कार्तिक शनिबारमा प्रकाशित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले आर्थिक सहयोग संगै घाइतेको उपचारका लागि जनस्वास्थ्य निरीक्षक रामेश्वर ढकालसहित ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, त्रिपाल, उद्धार सामग्री हित जाजरकोट र रुकुम पश्चिम पठाउने निर्णय समेत गरेको छ ।

नगरप्रमुख रामकृष्ण खाँणले स्वास्थ्यकर्मीको टोलीलाई आफूले प्रयोग गर्दै आएको गाडी उद्धार कार्यका लागि पठाएको बताए । स्वास्थ्यकर्मीको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाउने क्रममा नगरप्रमुख खांणसहितको टोलीले आवश्यक परे नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu