Connect with us
Kapilvast Forest

राष्ट्रपतिद्वारा घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

२०८०, २२ कार्तिक बुधबारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट घाइते भएकाको प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री बस्नेतसँग उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पबाट घाइतेहरुको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल, प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह पनि गर्नुभयो ।

उहाँले अस्पतालको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राख्नुभएको थियो । जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu