Connect with us
Kapilvast Forest

डिआइजी नेतृत्वमा कमाण्ड सेन्टर

२०८०, ६ मंसिर बुधबारमा प्रकाशित

भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआइजी लालमणी आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिनका लागि सुरक्षा योजना बनाएर अघि बढिएको छ । उहाँका अनुसार कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेलसहितको संयुक्त टिम गठन गरिएको छ ।

मैनालीले भन्नुभयो, “भोलि हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ । यस टिमले उपत्यकाको शान्ति सुरक्षा खलबलिन नदिन बिशेष किसिमले कार्य गर्नेछ ।”

भोलि हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ ।
बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बल्खु र तीनकुनेमा हुने प्रदर्शनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था मिलाउने छौँ, हामीसँग सुरक्षाकर्मीको अभाव छैन । तर यति संख्यामा नै परिचालन हुन्छ भन्ने छैन । आवश्यकताको आधारमा परिचालन गर्छौ ।”

उपत्यकाभित्रको शान्ति सुरक्षालाई व्यवस्थित गर्न आवश्यक भएमा ड्रोनको पनि प्रयोग गरिने उहाँको भनाइ छ । भोलि हुने प्रदर्शन शान्तिपूर्ण रुपमा नै सम्पन्न हुने विश्वास लिएको उहाँको भनाइ छ । मैनालीले भन्नुभयो, “सुरक्षा व्यवस्था कडा पार्न उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गर्छौं । प्रविधिजन्य उपकरण ड्रोनमार्फत पनि सुरक्षा व्यवस्थाको निगरानी गरिरहन्छौँ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्लाको शान्ति सुरक्षा हेर्ने रविन्द्रप्रसाद आचार्यका अनुसार भोलि हुने नेकपा (एमाले) निकट युवा संघ नेपाल र राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक जोगाउ अभियानको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ ।

उहाँले भन्नुभयो, “भोलि हुने प्रदर्शन शान्तिपूर्ण रुपमा नै समापन हुने विश्वास लिएका छौं । केही अप्रिय घटना नहोस् भनेर जिल्लाभित्रको सुरक्षा व्यवस्था कडा बनाएका छौँ ।” उहाँका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु उपत्यकाका तीन जिल्लामै पर्ने भएका कारण भक्तपुर र ललितपुर जिल्लाका सुरक्षा समितिसँग समन्वय गरेर हातहतिहारबिना उपत्यका प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।

सुरक्षा व्यवस्था कडा पार्न उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गर्छौं । प्रविधिजन्य उपकरण ड्रोनमार्फत पनि सुरक्षा व्यवस्थाको निगरानी गरिरहन्छौँ ।
भोलि आम सर्बसाधारण बिनाकुनै अवरोध बाहिर निस्कन सक्ने उहाँको भनाइ छ । दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्ने भएका छन् । युवा संघले सल्लाघारीबाट र दुर्गा प्रसाईं नेतृत्वको समूहले सानोठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने बताएका छन् ।

युवा संघको जुलुस मोटरसाइकलसहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्ने र च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्नेगरी रुट तय गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu