Connect with us
Kapilvast Forest

कपिलवस्तुमा नवौं उद्योग दिवस मनाइयो

२०८०, ९ मंसिर शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल – कपिलवस्तुमा नवौं उद्योग दिवस कार्यक्रम एक कार्यक्रम विच मनाइएको छ ।

घरेलुु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा जिल्लाको जितपुर चार नम्बरमा रहेको कपिलवस्तु उद्योग वाणिज्य सघंको सभाहलमा उद्योग दिवस कार्यक्रम सम्पन्न भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम गौतमले जानकारी दिनु भयो ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकुत भक्तिराम मरासिनीले सबै साना उद्योगी ब्यावसायीहरु उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा उद्योग बाणिज्य महासघंका परिषद सदस्य उमनाथ पौडेल, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, समाजसेवी तथा ब्यवसायी फुल कुमारी श्रेष्ठ लगायतले उद्योग दिवसको अवसरमा मन्तब्य दिनु भएको थियो ।
स्वागत मन्तव्य घरेलुका अधिकृत बिष्णु पोख्रेलले दिनु भएको थियो ।
कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग उद्यम विकास सहजकर्ता विनय शैनीले गर्नु भएको थियो । कार्यक्रममा पालिकाका प्रतिनिधिहरु, साना उद्योगीहरुको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu