Connect with us
Kapilvast Forest

बुद्धभूमि महोत्सवको तयारी अन्तिम चरणमा, जेष्ठ नागरिकलाई निशुल्क प्रवेश देखि स्थानीय हस्तकलाका सामाग्रीलाई निशुल्क स्टलको व्यवस्था

२०८०, ११ मंसिर सोमबारमा प्रकाशित

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल
कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको गोरुसिंगेमा हुन लागेको दोस्रो बुद्धभुम कृषि तथा पर्यटन महोत्समा स्थानीय हस्तकलाका सामाग्रीलाई निशुल्क स्टलको व्यवस्था गरिएको छ । आयोजक संस्था होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको छ ।

मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश देखि स्थानीय हस्तकलाका सामाग्रीलाई निशुल्क स्टलको व्यवस्था गरेको आयोजकले जानकारी गराएको छ ।

“देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नारा सहित सञ्चालन गर्न लागिएको महोत्सवले यस क्षेत्रको व्यापार व्यवसाय, पर्यटन र कृषिको प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वात् रहेको सङ्घका महासचिव पदम बहादुर ढकालले बताउनुभयो ।

ढकालले महोत्सवले स्थानीय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्नेमा विश्वस्त गरेको बताउनुभयो। संघले कार्यक्रममा पलाष्टिका व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानीय सामाग्रीलाई प्रयोग गर्ने बताएको छ। व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानिय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्ने र स्थानीयले निर्माण गरेका हस्तकलाका सामाग्री प्रयोग गर्ने संघका अध्यक्ष लेखनाथ घर्तीले बताउनुभयो।

यस्तै जेष्ठ नागरिकका लागि भनेर महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका सचिव धुर्व न्यौपानेले बताउनुभयो। जेष्ठ नागरिक परिचय पत्र देखाएर जेष्ठ नागरिक सजिलै महोत्सव जान सक्ने उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu