Connect with us
Kapilvast Forest

गुल्मीमा बलात्कारपछि बालिका हत्या आरोपमा शिक्षक कारागार चलान

२०८०, १२ मंसिर मंगलवारमा प्रकाशित

गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका हुन् । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।

गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका-४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव नग्न अवस्थामा फेला परेको थियो । गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट-४ बस्ने मनिषा खेतालालाई सुर्ती लिन गएकी थिइन् ।

किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान उनको शव भेटिएको थियो । मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्ऽकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu