Connect with us
Kapilvast Forest

जिल्ला स्तरीय प्रजजन स्वास्थ्य समिति गठन

२०८०, २७ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तुमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको संयोजकत्वमा जिल्ला स्तरीय प्रजजन स्वास्थ्य समिति गठन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धरा तौलिहवामा आयोजित सरोकारवालाको सहभागीतामा गरिएको जिल्ला स्तरीय प्रजजन स्वास्थ्य बैठकमा निर्देशिकाले तोके अनुसारको समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाल, रेडक्रसका मन्त्री संतोष श्रविास्तव, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोक गुप्ता, पहेनी शान्ति भन्डारी, सरोजा अधिकारी तथा सदस्य सचिव स्वास्थय कार्यालयका प्रमुख नारायण प्रसाद चौधरी छन । प्रजजन स्वास्थ्य क्षेत्रमा काम गर्ने ६ जना गैर सरकारी संस्थाका प्रतिनिधि आमन्त्रित सदस्य छन ।

छलफलमा पुर्ण संस्थागत सुत्केरी प्रोत्साहन र सुनिश्तिताकालागि नियमित अनुगन गर्ने र वडा स्तरीय समिति गठनकालागि पहल गर्ने निर्णय गरिएको छ । माघ महिनामा संचालन हुने परिवार नियोजन शिबिरमा संस्थाहरुले सहयोग र समन्वय गर्ने, सुरक्षित गर्भपतन सेवाको पालिकाले नियमित अनुगन गर्ने र निर्देशिका बिपरित गर्भपतन गर्नेलाई कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने निर्णय भएको पहेनी शान्ति भण्डारीले बताईन ।

प्रजजन स्वास्थ्यको काम गर्ने गैर सरकारी संस्थाले आफनो प्रतिबेदन समितिमा प्रस्तुत गर्नु पर्ने र समितिको आगामी बैठक आउने फागुनको दोश्रो साता गर्ने निर्णय गरिएको छ । बैठकमा पहेनी भन्डारीले यौन तथा प्रजजन स्वास्थ्यको प्रदेश र जिल्लाको अवस्था बारे प्रस्तुत गरेकी थिईन । प्रजजन स्वास्थ्य र सुरक्षित मातृत्वमा शिवराज नगरपालिका जिल्ला कै उत्कृष्ठ रहेको र मायादेबी गाउपालिका सबै भन्दा कमजोर रहेको भन्डारीले बताईन ।

प्रजजन स्वास्थ्यमा कपिलवस्तुमा धेरै काम गर्नु पर्ने भएकाले सरोकारवाला सबैले यस तफै ध्यान दिनु पर्ने उनले बताईन । सो अवसरमा सवन्य प्रमुख आचार्यले प्रजजन स्वास्थ्यमा कपिलवस्तु कमजोर रहेकोले सेवा सुबिधलाई बिस्तार गर्दे लैजानु पर्ने बताए । सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले प्रजजन स्वास्थ्यलाई घर दैलो सम्म पर्याई प्रभावकारी सेवा दिनु पर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu