Connect with us
Kapilvast Forest

कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा भुसालले उम्मेदवारी दिने

२०८०, ५ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा रुकबहादुर भुसालले उम्मेदवारी दिने भएका छन् । संघका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले आगामी माघ २३ गते हुने अधिवेशनमा अध्यक्ष पदको लागी उम्मेदवारी दिने भएका हुन् । उनी कपिलवस्तु महोत्सवको सरक्षक समेत हुन् । संघको भवन निर्माण गर्न पनि भुसालकै संयोजकत्वमा समिति गठन भएको थियो । उनको अथक प्रयास, मेहेनत र परिश्रमको बलमा भवन निर्माण कार्यले गति लिदैं सम्पन्न भएको थियो । ईट्टा तथा काठ व्यवसायी समेत रहेका भुसालले आफु संघको नेतृत्व लिन सक्षम रहेको जिकिर गर्दै सबैलाई मिलाएर लैजाने दाबी गरे । आफ्नो नेतृत्वले संघको गरिमालाई थप उचाईमा पुर्याउने उनको भनाई छ । उनले मारमा परेका उद्योगी व्यवसायीहरुलाई राहात दिलाउने गरि काम गर्ने प्रतिवद्धता जनाए । व्यवासायीका समस्यालाई सम्बन्धित निकायसम्म उजागर गराउने काममा आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँदै उनले भने, ‘जबसम्म व्यवासीका आवाज सम्बन्धित निकायले सुन्दैन् तबसम्म हामी संघर्षमा रहने छौं ।’

संघमा तत्कालिन समयमा सहमतिमा जाने भन्दै काङ्ग्रेस र एमालेबिच सहमती भएपछी एमालेबाट उमानाथ पौडेल सर्वसम्मत अध्यक्ष पदमा चएन भएका थिए । पौडेलको कार्यकाल सकिएपछी सहमती अनुसार काङ्ग्रेस निकटलाइ अध्यक्ष बनाउन नमानेपछि चुनाव भएको थियो । जसमा नेपाली काङ्ग्रेसका डोलकराम घिमिरे ठूलो मतान्तरले संघको अध्यक्ष पदमा बिजयी भएका थिए । आफ्नो पालोमा एमालेबाट ठूलो घात भएकाले अहिले सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम रहेको जानकार बताउछ्न ।

यता सहमती अनुसार अगाडि जाने हो भने एमालेले सर्वसम्मत काङ्ग्रेस नेतृत्वलाई स्वीकार गर्न आवश्यक रहेको काङ्ग्रेस नेताको भनाइ छ ।

विगतदेखि नै आफुले संघको हितमा काम गर्दै आएको बताउँदै उनले आफ्नो कार्य कुशलतालाई देखेर सबैले आफ्नो नेतृत्वलाई स्वीकार गर्ने दाबी गरे । उद्योगी व्यवसायीको पक्षमा विगतदेखि नै वकालत गर्दै आएका भुसालको उम्मेदवारी घोषणाले व्यवसायीमा उत्साह छाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu