Connect with us
Kapilvast Forest

देशको अर्थतन्त्र उत्साहजनक: अर्थमन्त्री महत

२०८०, १० पुष मंगलवारमा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै गएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साहजनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले अब सकारात्मक सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।

“सकारात्मक तरिकाले देशको अर्थतन्त्र अगाडि बढेको छ । निर्धक्क भएर लगानीको वातावरण बनाउन सकिन्छ भन्ने कुराको सन्देश अब निजी क्षेत्र र नागरिक समाजले भन्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रमा धेरै समस्याहरू थियो । अहिले ती सबै समस्या समाधान हुँदै गइरहेका छन् ।” अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेकाले नै लगानीको वातावरण तयार हुँदै गएको उहाँको दाबी छ ।

“अर्थतन्त्रले सुधारको लय पक्रँदै छ”, उहाँले थप्नुभयो, “ बिस्तारै घर जग्गाको कारोबार पनि सुधारिँदै छ । समग्रमा विदेशी रेमिटेन्स बढेकै छ । टुरिजम अहिले सम्मकै बढी आएका छन्। यी सबै घटनाक्रमले अहिले देशको अर्थतन्त्र लयमा फर्किएको छ ।“

उहाँले विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको जनाउँदै अहिले त्यसमा सुधार आएको पनि जनाउनुभयो ।

“अहिले लगानीका लागि आर्थिक समस्या हुने अवस्था छैन । मात्रै विश्वासको वातावरण बनाउन सकिए अहिले जनस्तरबाटै आर्थिक चलायमान गराउन सकिने छ”, उहाँले भन्नुभयो । बैक तथा वित्तीय सस्ताहरूले क्रमशः ब्याजदर घटाउँदै लगेको अवस्थाले पनि अब लगानीको सुनिश्चित बढाउने विश्वास गर्न सकिन्छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu