Connect with us
Kapilvast Forest

ज्येष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना

२०८०, ११ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तु नगरपालिका वडा नम्बर २ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना गरिएको छ । मुर्तिको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पुर्व प्रदेश राज्य मन्त्री रिना नेपाल प्रजिअ बिश्व प्रकाश अर्यालले पर्दा उघारेर मुर्तिको अनावरण गरेका हुन ।

अनावरणका क्रममा भिक्षुले बुद्ध परम्परा अनुसार प्रार्थना समेत गरेका थिए । ज्ञान माला भजन खलः स्वयम्भु र चः मति नेवा खल काठमाणडौका सदस्यहरुको सहयोमगा झन्डै ५ लाख पर्ने मुर्ति पार्कमा स्थापना गरिएको हो । ४ कठ्ठा क्षेत्रमा रहेको पार्कमा मुर्ति स्थापनाले सुन्दरता थपिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु, कपिलवसतु नगरपालिका र वडा कार्यालय, प्रदेश सरकार लगायतको सहयोगमा पार्क निर्माण गरिएको थियो ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगर भित्रै रहेको एक मात्र ज्येष्ठ नागरिक पार्कमा महामानव बुद्धको मुर्ति स्थापना हुनु गौरवको कुरा भएको बताए । उनले पार्कमा बुद्धको मुर्ति स्थापनाले पार्क सहीत नगरकै गरिमा बढेको बताए । उनले पार्कको सुन्दरीकरणमा पालिकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे । ज्येष्ठ नागरिक पार्क निर्माण समितिका अध्यक्ष माधवराज शर्माले पार्कमा बुद्धको मुर्ति स्थापना भएको खुशी ब्यक्त गरे ।

उनले पार्कलाई सुन्दरीकरण बनाउन आफुहरु लागी परेको बताए । कार्यक्रममा प्रअिअ अर्याल, पुर्व राज्य मन्त्री नेपाल, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पुर्व वडाध्यक्ष रामभजन कलवार लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम माधवराज शर्माको अध्यक्षता र अशोक लम्सालको संचालनमा भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu