Connect with us
Kapilvast Forest

चार करोड २० लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा, सर्वोच्चमा पुनरावेदन

२०८०, ११ पुष बुधबारमा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा भएको फैसलाउपर आयोगलाई चित्त नबुझी पुस ८ गते सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आइतबार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

चुडामणि शर्माले सार्वजनिक सेवा अवधिमा तीन करोड ६३ लाख ७२ हजार ९६१ रुपियाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । सो रकमको तुलनामा विभिन्न शीर्षकमा गरिएको खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपियाँ देखिएको अख्तियारका प्रवक्ता घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार शर्माको आयभन्दा बढी खर्च तथा लगानी गरेको चार करोड २९ लाख ५४ हजार १२४ रुपियाँ देखिएको छ । उक्त सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको देखिँदा शर्माले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

शर्माले सार्वजनिक सेवाको पदमा रही आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती कल्पना उप्रेती शर्मासमेतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण बमोजिम प्रतिवादी शर्माका श्रीमती कल्पनालाई प्रतिवादी कायम गरी उक्त सम्पत्ति जफत हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu