Connect with us
Kapilvast Forest

पाँच दिने धरान उत्सव सुरु

२०८०, २० पुष शुक्रबारमा प्रकाशित

धरान स्थापना भएको १२३ औँ वर्षको अवसरमा पाँच दिने धरान उत्सव सुरु भएको छ। शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शुक्रबार पब्लिक स्कुलको खेल मैदानमा प्रमुख अतिथि ज्येष्ठ नागरिक चन्द्रमाया कट्वाल (१०२ वर्ष) ले पानसमा बत्ती बालेर धरान उत्सवको उद्घाटन गर्नुभएको थियो।

उहाँले विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाई स्वागत तथा धन्यवाद दिनुभएको थियो।

धरानमा पहिला भन्दा हाल धेरै विकास भएको देखेर खुशी लागेको भएको विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले बताउनुभयो। धरान काठमाडौं भन्दा संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको उहाँले बताउनुभयो। पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको प्रमुख शाहले बताउनुभयो।

राष्ट्रिय गानले भने जस्तै सयौं थरीका फूलका साझा एउटा मालाको रुपमा धरान रहेका नगर प्रमुख हर्कराज राईले बताउनुभयो। धरानमा हरेक कार्यक्रमहरुमा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा बाँचेको उहाँले भन्नुभयो। संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको नगर प्रमुख राईले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj